काठमाण्डौं– १६औं हस्तकला व्यापार मेला भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड लागेको छ।
मेला अवलोकन गर्न नेपालको लागि राजदूतविभिन्न देशका राजदुतहरु आएका थिए ।
नेपालको लागि जर्मन राजदूत रोनाल्ड स्काफरले विहीबार मेला अवलोकन गरेका थिए । उनले मेला अवलोकन पश्चात छोटो मन्तव्य दिदै नेपाली हस्तकलाको व्यापार स्थानिय बजारमा मात्र सिमित नभई युरोपियन तथा अन्तरराष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार लिन सक्ने क्षमता रहेको बताए ।
त्यसगरी मित्र राष्ट्र भारतका महामहिम राजदूत मन्जीभ सिंह पुरीले नेपाली हस्तकलाको विकास प्रसंसा योग्य रहेको छ । यो क्षेत्र परम्परागत कलाकारितामा मात्र सिमित नभई व्यवसायिकता तर्फ पनि उन्मूख भइरहेको छ । नेपाली र भारतिय जनताको मैत्रीपूर्ण सम्बन्धमा कला र संस्कृतिको अत्यन्तै ठूलो महत्व रहेको छ ।
FACEBOOK COMMENTS