काठमाडौं– कच्चा तेल र डलरको भाउ वृद्धिले नेपाल आयल निगमको मासिक घाटा डेढ अर्ब पुगेको छ।
इन्डियन आयल कर्पोरेशन(आइओसी)ले नोभेम्बरमा पठाएको नयाँ मूल्य अनुसार निगमको मासिक घाटा डेढ अर्ब पुगेको हो।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले नोक्सानीको कारण निगम संकटमा पर्न थालेको बताए। उनले आइओसीलार्इ तेल किनेको पैसा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए। मूल्य स्थिरीकरण कोषमा साढे तीन अर्बको हाराहारीमा थियो।
साउनदेखि लगातार निगम घाटामा जान थालेपछि त्यही पैसा प्रयोग भइरहेको छ। निगमले सामान्य मूल्य बढाएर मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरिएको थियो। तर पछिल्लो समयमा घाटा अर्ब नाघेपछि कोषको रकम बढी प्रयोग भएको थियो।
आइओसीले पठाएको नयाँ मूल्य अनुसार सबैभन्दा बढी घाटा खाना पकाउने ग्यासमा छ। खाना पकाउने ग्यासमा एक सिलिण्डरमा ५ सय ७ रुपैयाँ १४ पैसा घाटा छ।
निगमलार्इ डिजलमा ७ रुपैयाँ १५ पैसा घाटा छ। निगमलार्इ पेट्रोलमा २ रुपैयाँ २९ पैसा घाटा छ। निगमलार्इ मट्टितेलमा १५ रुपैयाँ र हवार्इ इन्धनमा ४ रुपैयाँ ६४ पैसा नाफा छ।
FACEBOOK COMMENTS