काठमाडौं, भदौ २२ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १०औं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ। नाफिजले आइतबार राजधानीमा एक कार्यक्रम गरी अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख अतिथ्यतामा उक्त सभा सम्पन्न गरेको हो।
एक वर्ष अगाडी नयाँ कार्य समिति चयन गरेपछि नाफिजले आर्थिक क्षेत्रमा क्रियाशिल पत्रकारहरुको पक्षमा विभिन्न खालका महत्वपुर्ण तालिम प्रदान गर्दे आएको छ । संघले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बीमा समिति, धितोपत्रबोर्ड, ब्रोकर एसोसियसन, नेपाल स्टक एक्सचेञ्ज, आईक्यान नेश्नल बैंकिङ इन्स्टिच्युट र महालक्ष्मी इन्स्योरेन्ससँगको सहकार्यमा तालिम सम्पन्न गरिसकेको छ ।
संघले सातै प्रदेशमा आफ्नो कमिटी गठन गर्ने उद्देश्यका साथ प्रदेश एक र तीनमा कमिटी गठन सम्पन्न गरेको छ । भने, बाँकि प्रदेशहरुमा पनि कमिटी गठनको तयारी गरेको छ ।
नाफिजले यसै वर्षदेखि एक जना परुष र एक जना महिला आर्थिक पत्रकारलाई सम्मान गरिने जनाएको छ । साथै स्नातकोत्तरमा पत्रकारीता विषय अध्ययन गरेका विद्यार्थीहरुलाई आर्थिक विषयमा थेसिस लेखन प्रयोजनका लागि आवश्यक आर्थिक सहयोग पनि उपलब्ध गराउने भएको छ ।
FACEBOOK COMMENTS