काठमाण्डौँ — सरकारले गठन गरेको छानबिन समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेलमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
प्रचलित आर्थिक ऐन, नियम र कार्यविधि उंल्लघन गर्दै कलेजकै संचालकहरुले आर्थिक अनियमितता गरेको छानबिन समितिको ठहर छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित समितिले बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई सो प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा मुनाफा रहित संस्थाका रुपमा स्थापित कलेजमा निजी स्वार्थ हावी रहेको उल्लेख छ ।
छानबिन समितिले कलेजका सञ्चालकमाथि विस्तृत अध्ययन गरी कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS