काठमाण्डौं — नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको पेप्सिकोला टाउन प्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ ।
का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो ।
बैंकको परिसरभित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।
बैंकका संचालकहरु प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमकोउद्घाटन गरिएको थियो ।
बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखाविस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो ।
हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५५ वटा शाखासंचालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS