काठमाडौं, माघ ५ – नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा आगामी माघ ८ गते दरबारमार्ग स्थित बैंकको केन्द्रिय कार्यालयमा हुने भएको छ । बिहान १० बजे बोलाएको सभाले १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश पारित गर्ने जनाएको छ ।
सभाले अन्य कुनै वित्तीय संस्थालाई मर्जर गर्ने सम्बन्धि सबै अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ ।
सभा प्रयोजनार्थ बैंकले पुस २२ गते देखि माघ ८ गतेसम्म बुक क्लोज रहेको जनाएको छ । पुस २१ गतेसम्म कायम भएका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS