काठमाडौं, कात्तिक ३ – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ। शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरीमा बैंकले आफ्नो कार्य विस्तार गरेको हो।
शुकुल धोका एक्स्टेन्सन काउन्टर एनआईबीएलका उपमहाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए। मच्छेगाउँ एक्सटेन्सन काउन्टरको कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।
नवस्थापितले एक्स्टेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिग सेवाहरू प्रदान गर्ने विश्वास बैंकले लिएको छ। साथै ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ।
एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखा विहीन बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग पुर्याइरहेको छ।
FACEBOOK COMMENTS