काठमाडौं, भदौ १० – नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । उनले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलो बैंकहरूमा पनि काम गरेका थिए ।
बैठकले इन्स्योरेन्सको नायब महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन्। बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुवै पदमा नयाँ नियुक्तीको लागि खुला प्रतिस्प्रर्धा गरेको हो ।
FACEBOOK COMMENTS