काठमाडौं, फागुन ७ – विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपाल उद्योग परिसंघले सम्मान गरेकाे छ । हिउँदयाममा ‘माउन्ट के टू’ चढेर विश्व कीर्तिमान राख्न सफल टाेलीलाई परिसंघले सम्मान गरेकाे हाे ।
बिहीबार राजधानीमा आयोजित औपचारीक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई सम्मान तथा स्वागत गरे ।
समारोहलाई सम्बोधन गदैं टुरीजम कमिटिका संयोजक पम्फा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल के टु को सफल आरोहण गरेर विश्व र्कीिर्तमान कायम गरेकोमा बधाई व्यक्त गरिन् ।
टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे सफल विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व किर्तिमान बनाएको हुन् ।
सम्मान समारोहमा परिसंघका उपाध्यक्षहरु क्रमश अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिती थियो ।
FACEBOOK COMMENTS