काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघले ताप्लेजुङमा भएको हेलिकप्टर दूर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
ताप्लेजुङको पाथीभरा आसपासमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरू सहित सात जनाको दुःखत निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको जनाएको छ ।
यस दूर्घटनाबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ ।
महासंघ यस दुःखद घडीमा, दूर्घटनामा परी ज्यान गुमाउने व्यक्तित्वहरूको परिवारजनमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माहरूको चीर शान्तिको कामना गर्दछ ।
FACEBOOK COMMENTS