काठमाडौं,
नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघले आफ्नो १०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संघले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन् । उनले नेपालको आयात तथा निर्यातको खाडल धेरै भए पनि सेवाको निर्यात नेपालले गर्ने गरेको बताए । वार्षिक १३ अर्ब बराबरको वस्तु आयात नेपालले गर्ने गेको बताउँदै उनले भने ‘नेपालले पर्यटनमार्फत वार्षिक ६७ अर्बको सेवा निर्यात गरेको छ ।’
यस्तै उनले नेपाल घुम्न आउने पर्यटकले लग्ने सामाग्रीहरुको कुनै पनि तथ्यांक नभएको बताए । उद्योग व्यवसाय विकासमा सरकारको ध्यान गएको तथा व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरुले उद्योगी तथाहरुको विश्वास सरकारले मर्न दिन नहुने बताएका थिए । यस्तै कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले वार्षिक रु एक अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री विदेश निर्यात गर्दै आएको जानकारी दिएको छ । संघले नेपाली उनी फेल्टका सामग्री सबैभन्दा बढी अमेरिका निर्यात हुने गरेको बताएको छ । यस्तै जर्मनी, बेलायत, क्यानडा, जापान, स्वीजरल्याण्ड, फ्रान्स लगायतका देशमा निर्यात हुँदै आएको संघले जनाएको छ ।
सभाले संघको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा अमृत खड्का, वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमेघ धाख्वा, महासचिवमा चक्रमणी देवकोटा, सचिवमा तेलप्रसाद कुवाल तथा कोषाध्यक्षमा शान्ती श्रेष्ठ चयन भएका छन् । यस्तै अन्य ७ जना सदस्यमा नियुक्त भएका छन् ।
FACEBOOK COMMENTS