काठमाण्डौ– चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङ चार दिने भ्रमणमा नेपालमा छन्। उनले नेपाली समकक्षी रविन्द्र अधिकारीसँग औपचारिक भेटवार्ता गरेका छन्।
पर्यटन मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्तामा नेपाली पक्षले गोन्जाउ र सांघाईमा नेपाल वायुसेवा निगमको उडान सुरु गर्ने प्रस्ताव रोखको छ।
पर्यटन मन्त्रालयले चीनसँग यस अघिदेखि नै हवाई रुटको विषय उठाउँदै आएको थियो। मन्त्रालयले नेवानिको वाइडबडी विमानबाट चीनका सहरमा उडान गर्ने योजना बनाएको हो।
प्राविधिक अध्ययन मूल्यांकनको काम समयमै पूरा भए माघ अन्तिम देखि उडान सुरु गर्ने नेपालको तयारी छ।
दुई देशबीचको बैठकमा नेपाली प्रतिनिधिमण्डलले उडान मितिसहितको विषय चिनियाँ पक्ष समक्ष उठाएको हो।
नेपाल–चीनबीचको हवाई सम्झौताअनुसार अहिलेको अवस्थामा नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नसक्छन्। चिनियाँ वायुसेवा कम्पनीहरू चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वान्जाओ, क्याथे ड्रागनले हङकङ, एयर चाइना, तिब्बत एयरलाइन्स र सिचुवान एयरलाइन्सले चेङ्दु र ल्हासाबाट काठमाडौं उडान गरिरहेका छन्।
FACEBOOK COMMENTS