नेपाल एयरलाइन्सको नयाँ जहाज ग्राउन्डेड भएको छ।
भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको यो जहाजको सामान राख्ने तथा निकाल्ने ढोका कुच्चिएकाले ग्राउन्डेड भएको हो ।
जहाजको बडीमा समस्या देखिएपछि ग्राउन्डेड भएको एयरलाइन्सले जानकारी दिएको छ।
साउन १० गते काठमाडौं आइपुगेको एयरलाइन्सको नयाँ एयरबस ३३० जहाज ग्राउन्डेड हुँदा नियमित उडान प्रभावित भएका छन्।
कुच्चिएको कहाँ भन्ने अहिलेसमेत ठम्याउन नसकेको एयरलाइन्स व्यवस्थापनले उक्त अवस्थामा जहाज उडान मिल्छ कि मिल्दैन भने एकिन गर्न सकेको छैन।
नेपाली कल साइन ‘नाइन एन–एएलजेट’ दिइएको उक्त जहाजको नाम मकालु राखिएको छ। २७४ सिटका यी जहाज लामो दुरीमा उडान गर्ने भन्दै ल्याइएपनि रुट नपाउँदा छोटो दुरीमा उडाउँदै आएको छ।
FACEBOOK COMMENTS