काठमाडौं, पुस १३ – नेपाल एसबिआई बैंक सहित ११ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार अर्थात् पुस १४ गतेसम्म रहेको छ ।
नेपाल एसबिआई बैंक, वोमी लघुवित्त, ङादी ग्रुप पावर, स्पर्स लघुवित्त वित्तिय संस्था,ग्लोबल आईएमई लघुवित्त,मञ्जुश्री फाइनान्स,ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक,छिमेक लघुवित्त, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र नबिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ ।
ती ११ ओटै कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।
नेपाल एसबिआई बैंकले गत आवको मुनाफबाट यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ३ दशमलव ४७ प्रतिशत नगद लाभांश, वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावर कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन । ती तीन ओटै कम्पनीले पुस २८ गते साधारण सभा आयोजना गरेका छन् ।
त्यसैगरी स्पर्स लघुवित्तले १९ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र १ दशमलव ४५ प्रतिशत नगद लाभांश, मञ्जुश्री फाइनान्सले १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश,ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
यसैगरी कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश, छिमेक लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र ३ दशमलव १६ प्रतिशत नगद लाभांश र नबिल बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । ती सात ओटा कम्पनीले भने लाभांश पारित गर्न आगामी पुस २९ गते साधारण सभा बोलाएका छन् ।
FACEBOOK COMMENTS