काठमाडौं, चैत २० – नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।शुक्रवार भएको एक कार्यक्रमका बीच उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र संघका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे ।
कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराएका थिए ।कार्यक्रममा उनले औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरेका थिए ।
FACEBOOK COMMENTS