काठमाण्डौँ — नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फवाट कार्यकारी सञ्चालक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकहरुले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा विशेष छुट पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS