काठमाडौं, माघ १७- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२ औ वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा आज सम्पन्न भयो ।
आज सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्तापुजीको ०.७८९४७ प्रतिशत नगदलाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूजी ९अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ ।
साथै महिला संचालक निर्वाचनगर्ने प्रयोजनकालागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यहीक्रमले आलोपालो प्रणालीबाट निर्वाचनहुने ब्यवस्था गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६÷७७को लेखापरीक्षण कार्यकालागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷६५ मा ७३ खर्ब ३८ करोड निक्षेप परिचालन गरी रु.६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ साथै उक्तवर्षमा कर तथा बोनस पछि रु. १ अर्ब २ करोड खुदमुनाफा आर्जन गरेको छ ।
FACEBOOK COMMENTS