काठमाडौँ, ४ मंसिर – नेपाल चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।
नयाँ बानेश्वरको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भए पनि कोरोनाका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए ।
सांस्कृति र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।
FACEBOOK COMMENTS