काठमाण्डौँ — नेपाल/चीन जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ ।
चिनियाँ सरकारी कम्पनी ‘तान् सुन रोड एण्ड ब्रीज कम्पनी’ले काम थालेको हो ।
ठूला दुई अत्याधुनिक उपकरण, ५ वटा एक्जाभेटर, स्यु क्यान प्रविधियुक्त रड, जस्ता सामाग्री प्रयोग गरेर मितेरी पुलको जग निर्माण भइरहेको छ ।
‘आउँदो चार महिनासम्म काम सक्ने र मितेरी पुलको काम सकिसकेपछि अन्य भौतिक संरचनाको काम थालिने तान सुन एण्ड ब्रीज कम्पनीका ठेकेदार पुबीक्वीजीले बताए ।
उनले चिनियाँ संस्कृति पात्रोअनुसार आउँदो ‘मे’ महिना कर्मचारी दिवस भएकाले त्यसदिन नाका खोल्ने केन्द्रीय सरकारको योजना रहेको जनाए ।
सुख्खा बन्दरगाहको काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS