काठमाण्डौं, १९ फाल्गुण -नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र तान्जानियाका राजदूत बाराका एच लुभान्डा बीच चेम्बर अफ कमर्समा वार्तालाप भएको छ ।भेटका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र तान्जानिया भौगोलिक रुपले टाढा भए पनि व्यापारको माध्मबाट निकट राख्न सकिने बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीय सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने जानकारी दिए ।
नेपाल र तान्जानिया दुवै कृषिजन्य र पर्यटकीय मुलुक भएकोले तान्जानियाका राजदूतले तान्जानियाको आर्थिक संभाव्यता बारे प्रकाश पारे । उनले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारी कायम गर्न सुझाव दिए । अहिले तान्जानियाले भारतको मुम्बई बीच प्रत्यक्ष हवाई सम्पर्क कायम भएकोले तान्जानिया र नेपाल बीच व्यापार गर्न संभव रहेको बताउदै तान्जानिया वन्यजन्तु आरक्षण स्थल रहेको पनि जानकारी दिए ।
नेपाल र तान्जानिया बीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसयता नै बहुपक्षीय फोरमहरूमा नेपाल र तान्जानियाले एक अर्कालाई सहयोग गर्दै आइरहेको छ । नेपाल जस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्रमा पर्छ । नेपाल र तान्जानिया संयुक्त राष्ट्रसंघको सशक्त सदस्य हो ।
FACEBOOK COMMENTS