काठमाडौं, पुस १२ – नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन् ।चितवनको सौराहामा भएको नेपाल जेसिजको ४६औं राष्ट्रिय महाधिवेसनबाट उनी राष्ट्रिय अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् ।
दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनी राष्ट्रिय अध्यक्षका लागि निर्वाचित भएका हुन् । राष्ट्रिय अध्यक्षका लागि भएको निर्वाचनमा शंकर ५५१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु क्रमसः अरुणेश्वर खनालले ५२७, विकास मानन्धरले ४८७ मत ल्याए ।
त्यस्तै, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा १० जनाले प्रतिस्पर्धा गरेकोमा बिजय गुरूङ र गोकुल साप्कोटा बिजय भएका छन् ।
FACEBOOK COMMENTS