काठमाडौं, चैत ५ – नेपाल टेलिकमको संचालक पदमा लगानीकर्ताको तर्फबाट अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।
टेलिकमको आगामी साधारण सभामा हुने निर्वाचनमा लगानीकर्ताको तर्फबाट एक संचालक को लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय थियो । उक्त समय भित्र अरु कसैको पनि मनोनयन दर्ता नभएपछि पौडेल संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका थिए।
FACEBOOK COMMENTS