काठमाण्डौँ — नेपाल टेलिकमले फोरजी/एलटीई आयोजनाको थप विस्तार गर्न लागेको जनाएको छ ।
यसैगरी, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा विहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरी जानकारी गराएको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताए ।
उनले आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउनका लागि कम्पनीले भूमिका खेल्ने बताउँदै छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको पनि बताए ।
यस्तै, नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले देशभर सातै प्रदेशमा नेपाल टेलिकमले सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको भन्दै यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको बताइन् ।
— कारोबार
FACEBOOK COMMENTS