काठमाडौं, वैशाख २२ –नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले जारी गरेको निषेधाज्ञा अवधिभर इन्टरनेटको शुल्क नबुझाए पनि सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सेवा प्रदायकलाई निषेधाज्ञा अवधिभर इन्टरनेट निरन्तर सञ्चालन हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।
हाल कोरोना भाइरसको दोस्रो चरणको संक्रमण काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागमा फैलिरहेकाले नेपाल सरकारले ४१ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरेकाे छ ।यस्तो अवस्थामा इन्टरनेटको माग दिनहुँ बढ्दाे छ । प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘अर्कोतर्फ घरभित्र बस्नुपर्दा सेवाग्राहीले पैसा तिर्न सकिरहेका छैनन् । यस्तोमा सेवाप्रदायकले इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध गरिरहेको गुनासो आएको छ ।’
त्यसैले सेवाप्रदायकले सकेसम्म अनलाइन भुक्तानीको व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको छ । भने, सर्भिस सेन्टरमार्फत दूरी कायम गरी ग्राहकलाई सहज हुने गरी सेवा दिन पनि प्राधिकरणले आग्रह गरेको छ । यदि यो पनि सम्भव नभएको खण्डमा निषेधाज्ञाभर सेवा अवरुद्ध नगर्न प्राधिकरणले निर्देशन दिएको हो ।
FACEBOOK COMMENTS