काठमाडौं, माघ २३ – नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन (फेब्रुअरी २०) मा हुने भएको छ । बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रको परिपत्र अनुसार तथा शाखाको बिधानको परिच्छेद ५ को दफा ३ को उपदफा ३ अनुसार अधिवेशन गर्ने निर्णय गरेको छ ।
अधिवेशन सम्पन्न गर्नको लागि महासंघ पूर्ब केन्द्रीय सदस्य राजकुमार दिक्पाल शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल,पञ्चम अधिकारी र दिल निशानी मगर सदस्य रहेको अनुगमन तथा सल्लाहकार उपसमिति ,महासचिब द्रोण रिजालको संयोजकत्वमा सदस्य प्रेम पोमु, इन्दिरा चाम्लिङ,गोमा खरेल रहेको सांगठनिक प्रतिवेदन तयारी समिति , सचिब वाइबी गुरुङ्गको संयोजकत्वमा प्रेम परियार, महिन्दो वाइवा, बिरमान मगर सदस्य रहेको व्यवस्थापन, महेश खातीको संयोजकत्वमा शेरबहादुर परियार,दिपेन्द्र गजुरेल,दिनेश गौतम सदस्य रहेको प्रचार उप समिति गठन गरिएको छ ।
त्यसैगरी तेजबहादुर नेपालीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन यसैगरी रबिचन्द्र भट्टराईको संयोजकत्वमा प्राबिधिक, राजकुमार थापाको संयोजकत्वमा युबराज फुयाल रहेको अतिथि समन्वय र व्यवस्थापन,सरला कट्टेलको संयोजकत्वमा इन्दिरा चाम्लिङ,गोमा खरेल रहेको अतिथि सत्कार उपसमिति निर्माण गरेको शाखाका अध्यक्ष केजिन राईले जानकारी दिए। अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि युरोपमा रहेका सम्पूर्ण संघसंस्थाहरुको विभिन्न पक्षको सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताए।
भर्चुअल प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।अधिवेशन सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पत्रकारमहासंघ बेलायतका पूर्ब अध्यक्ष चिरन शर्मालाई केन्द्रीय प्रतिनिधि तोकेको छ।
शाखाका सचिब वाईबी गुरूङ कला संगीत तर्फ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको तथा सदस्य शेर बहादुर परियार पोल्यान्डको मुलधारको राष्ट्रिय अखबारमा नियुक्ति पाएर यूरोप शाखाले हार्दिक बधाई ज्ञापन गरेको छ । यही महिना हुन लागेको अधिवेशनमा संचारमन्त्री यूरोपभरका राजदूतहरू केन्द्रीय समितिका पदाधिकारीहरू सदस्यहरू अतिथी रहने कुरा महासचिब द्रोण रिजालले बताए ।

FACEBOOK COMMENTS