काठमाडौं,चैत ४- नेपाल पुनर्बीमा कम्पनीले डेढ अर्बभन्दा बढीको आईपीओ आजदेखि निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कुल साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्न गरेको जनाएको छ ।
कम्पनीले सेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत प्रतिकित्ता १ सय रुपैयाँको दरमा कूल एक करोड ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । सेयर निष्कासन छिटोमा चैत ७ गते र ढिलामा चैत १८ गते बन्द गरिनेछ।
FACEBOOK COMMENTS