काठमाडौं, चैत ६ – चैत ४ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा आएको नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा बुधवार ५ बजेर ४५ मिनेटसम्म मागभन्दा ६२ प्रतिशत बढी आवेदन परेको छ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार उक्त अवधिसम्म १ लाख ८७ हजार २०० जना आवेदकले २ करोड ४४ लाख २७ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।
उक्त कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको छ । कुल कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता भने सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरिएको हो ।
उक्त आईपीओ छिटो अवधि चैत ७ गतेसम्म मात्र विक्रीमा रहने विक्री प्रबन्धकको भनाइ छ । छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत १८ गतेसम्म विक्री खुला रहने मिति तय गरिएको थियो ।
यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिने व्यवस्था छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरा शेयर एप मार्फत दिन सकिनेछ । यस आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष बलियो रहेको ग्रेड २ रेटिङ प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू।८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू।१० अर्ब पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू। १४९ दशमलव ५६ रहेको छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS