काठमाडौं – नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो ।
पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ तर कारोबार सञ्चालन स्वीकृति पाउन बाँकी छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग बैंकिङ क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ ।
हाईप्रोफाइल बैंकरको रुपमा नेपाली वित्तीय क्षेत्रमा पहिचान बनाएका ज्ञवालीले नबिल बैंकबाट बैंकिङ करियस सुरु गरेका थिए ।
उनी एक पटक नबिल बैंककै प्रमुख कार्यकारी अधिकृत र दुर्इ पटक ग्लोवल आर्इएमर्इ बैंकको प्रमुख कार्यकारी अधिकृत भए ।
जारी पुँजी २० अर्ब रहेको यस बैंकको चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । ८ अर्ब रूपैयाँ बराबर साधारण सेयर सर्बसाधारणमा निष्काशन गर्ने भएको छ । यस बैंकमा धेरै वाणिज्य बैंकहरू प्रमोटर रहेका छन् ।
यस बैंकको अध्यक्ष डा विमल कोइराला छन् भने सञ्चालक समितिमा अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल, नुमनाथ पौडेल र अर्थ मन्त्रालयका प्रतिनिधि मुकुन्द पौडेल रहेका छन् ।
FACEBOOK COMMENTS