काठमाडौं, भदौ ३ – मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या एक नाघेको छ । लगातार संक्रमित बढ्दै गएपछि संख्या हजारमाथि पुगेको हो ।
हालसम्म दुवै संगठनका १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ७२१ र सशस्त्र प्रहरीका ३२१ जना गरी १ हजार ४२ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २६८ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १३८ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४५३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६८, काठमाडौं उपत्यकाका ३९, प्रदेश १ का २६, प्रदेश २ का ८३, वाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५४, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ६ जना सक्रिय संक्रमित छन् ।
यस्तै सशस्त्र प्रहरीतर्फ प्रदेश १ का १०५, प्रदेश २ का ५३, वाग्मती प्रदेशका ७३, गण्डकी १, प्रदेश ५ का ४२ र कर्णाली प्रदेशका २९ र यूएन मिसनमा रहेका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
FACEBOOK COMMENTS