अन्जनराज न्यौपाने
तनहुँ, २५ माघ -नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौ अधिवेशन तनहुँ स्थित ब्यास नगरपालिका (३ विपि समृति भवनको सभाकक्षमा सम्पन्न भएको छ। अधिवेशनले गोर्खापत्र राष्ट्रिय दैनिकका तनहुँ संवाददाता अमरराज नहर्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। युनियनको उपाध्यक्षहरुमा महिला तर्फबाट मिला दरै र प्रताप राना विजयी भएका छन् । यसैगरी सचिव पदमा प्रकाश अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रकृति खनाल ९न्यौपाने ० सहसचिवमा शिला वाग्ले , सदस्यहरुमा क्रमश श्रीहरी पौडेल ,रमेश विकल, अप्सरा श्रेष्ठ ,संजय श्रेष्ठ , मुना कालिराज विक निर्वाचित भएका छन् ।
यसैगरी युनियनको प्रदेश पार्षदमा पुर्ण विक, दिपेन्द्र पौडेल ,स्वस्तिका भट्टराई गैरे, संगम सापकोटा ,विष्णु मास्की, डिल्लीराज जोशी, शैलेश खाती रहेका छन् भने केन्द्रीय पार्षदहरुमा क्रमश डम्बरबहादुर अधिकारी ,मदन वाग्ले ,सोनी शर्मा, बसन्त कडेल,विमला दुवाडी, शैलेन्द्र मिश्र, डिपि अधिकारी ,अन्जु दाहाल रहेका छन्।नेपाली काँग्रेसको सुभेक्षुक संस्था नेपाल प्रेस युनियन तनहुँ शाखा अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वन मन्त्री शंकर भण्डारीले सम्पुर्ण संचार माध्यम सत्य, तथ्य, स्वतन्त्र ,निश्पक्ष, निर्भीक भई पूर्वाग्रह रहित तवरले कलम चलाउनुपर्ने बताए ।
विचार जुन सुकै भएता पनि देशको स्वाधीनता र जनताको हितका लागि स्वतन्त्र पत्रकारिता आजको आवश्यक्ता भएको बताउदै उनले सम्पुर्ण पत्रकारहरु जिम्मेवार भएर आवाजविहिनहरुको आवाज र दृश्टिविहिनहरुको आँखा बन्न अत्यन्तै जरुरत रहेको धारणा राखे । पूर्व मन्त्री भण्डारीले पत्रकारले सामाजिक न्यायका लागि आवाज उठाउनु पर्नेमा जोड समेत दिए। यसैगरी शुभकामना मन्तब्यका क्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सरकारको अधिनायकवादी शैली हावी हुँदै आएको बताउदै संचारमाध्यमले कलम चलाउदा आन्तरिक अनुशासनलाई ख्यालमा राखेर देशको वर्तमान स्थितिमा सबैले सचेत भएर राष्ट्रिय हितका पक्षमा अघि बड्नुपर्नै बताए । नेपाल प्रजातान्त्रिक विचार समाजका जिल्ला अध्यक्ष ब्रम्ह्दत्त तिमल्सेनाले प्रेस युनियनको जिल्ला शाखाको गतिविधि शून्य हुने स्थिति हुन नदिन परिपक्व र सामाजिक उतरदायित्व प्रति जिम्मेवार रहेर कलम चलाउन आग्रह गर्दै समाजमा सहि सुचना संप्रेषण गर्दै जनता माझ सचेतना र ब्यवहारिक पत्रकारिता पस्कनुपर्ने खाँचा औल्याए । रिपोर्टस क्लव गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्लेले पत्रकारहरुलाई वर्तमान सरकारले कुनै पनि भूमिका वहन गर्नबाट बन्चित गरेको बताए । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका उपाध्यक्ष नारायण खड्काले पत्रकारले पेशागत हकहित र अधिकारका लागि आफ्नो पत्रकारिताको धर्म प्रति बफादार भएर एक भएर लाग्नुपर्ने बताए ।
नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोरा मियाँले प्रेस युनियनले आग्रह पुर्वाग्रह नराखी समाजमा सामाजिक न्यायका लागि लाग्नुपर्नेमा जोड दिए। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले वर्तमान देशको अवस्था र पत्रकारिता जगत धरासायी स्थितमा रहेको बताउदै डेमोक्रेट पत्रकारहरुले युनियनलाई अझ चुस्त दुरुस्त रुपले अघि बढाउन निस्वार्थपनका साथ लागिपर्नुपर्नै बताए । नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष सुर्यचन्द्र हड्खलेले युनियनले समाजमा भए गरेका यथार्थ, सत्य, तथ्य घटनाहरूको प्रकाशन र प्रसारणमा कत्ति पनि विचलित नभै लाग्नुपर्ने बताए ।
अग्रज पत्रकार कमलामोहन वाग्लेले राज्यको चौथो अंग पत्रकारले समाजमा आफ्नो अस्तित्व र निरन्तर सत्य ,निश्पक्षता, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि जुझारु भएर सशक्त रुपले श्रमजीवी पत्रकार लाग्न जरुरत छु उनले भने। प्रेस युनियनकि केन्द्रीय सदस्य सरिता तिमल्सेनाले शुभकामनाका क्रममा बोल्दै पत्रकार कुनै पनि पार्टीको कार्यकर्ता नभै नेतामुखी नभएर नीतिमुखी बनी लोकतन्त्रका पक्षमा सदैव कठटबद्ध भएर लाग्न जरुरी भएको बताईन्।
प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक प्रसाद अधिकारीले नागरिक स्वतन्त्रता, मौलिक अधिकार र लोकतन्त्रको रक्षाका लागि युनियन कुनै पनि समयमा आवाज उठाउन पछि पर्न नहुने बताए । नेपाल प्रेस युनियन केन्द्रीय सदस्य ऋषिकान्त पौडेलले ‘मिडिया काउन्सिल विधेयकले पत्रकारिता जगतलाई मात्रै नभई आम जनमानसलाई गम्भीर असर पारेको छु’ उनले भने। नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक प्रदिप काफ्लेले तेरो मेरो नभनी ,गुट उपगुट र राजनैतिक आग्रह पुर्वाग्रह छाडेर संचार माध्यम लागि रहन आग्रह गरे।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् न्युनतम पारिश्रमिक ऐन निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले लोकतन्त्र, राष्ट्रियता र समाजबादको रक्षाका लागि प्रेस जगत विनाको विकल्प नहुने बताए । श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारका लागि प्रेस युनियन सवैको प्रजातान्त्रिक साँझा संस्था भएको बताउदै सही सुचना संप्रेषण गर्न कुनै पनि मूल्य चुकाउन पछिपर्न नहुने बताए । यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले वर्तमान अवस्थामा प्रेस माथिको अंकुश ,अत्याचार , प्रेस माथिको आक्रमण र अराजकता विरुद्ध अनुशासित भएर युनियन लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रम नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा सम्पन्न भएको थियोे ।
FACEBOOK COMMENTS