काठमाडौं, असोज ९ – नेपाल फाइनान्सको ८ वर्षको वार्षिक साधारण सभा शनिबार (असोज १० गते) एकैपटक हुँदैछ । कम्पनीले २० औं देखि क्रमशः २७ औं वार्षिक सभा एकैपटक गर्न लागेको हो । सभा संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले हाल कायम पुँजीबाट १७५% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।
त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०६८–६९ देखि २०७५–०७६ सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह लगायतका विषयमा पनि छलफल हुँदैछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखा परीक्षक नियुक्ति तथा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि यस कम्पनीले साउन २६ गते बुक क्लोज गरेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यसअघि फाइनान्सले भदौ ११ गते बोलाएको सभा कोरोना भाइरसका कारण सभा स्थगित भएको थियो ।
FACEBOOK COMMENTS