काठमाडौं, साउन ३० । नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ६१ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७६ को १२ महिनाको अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा ४१ दशमलव २२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले १ अर्ब १४ करोड नाफा मात्रै नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकको जगेडा कोषमा भने ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । बैंकले ५९ अर्ब निक्षेप संकलन गरेर ५२ अर्ब कर्जा लगानी प्रवाह गर्दा सीडी रेसियो ७२ दशमलव ८८ प्रतिशत रहेको छ ।
बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड रुपैंयाँ र चुक्ता पुँजी ८ अर्ब ८ करोड रहेको छ । प्रति सेयर आम्दानी २० रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ९१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS