काठमाडौं, मंसिर १६ – नेपाल बंगलादेश बैंक लिमिटेडले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई सो लाभांश दिने भएको हो ।
बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश सेयरधनीले पाउनेछन् । मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
FACEBOOK COMMENTS