काठमाडौं,कार्तिक ५ – नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। दुई देशबिचको व्यापार अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले सञ्चालितबैठकमा नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) हुने विश्वास व्यक्त गरिएको छ ।
बैठकमा नेपालले व्यापार घाटा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विस्तृतमा छलफल गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।यसका साथै बैठकमा काठमाडौँदेखि ढाकासम्म सिधा बससेवा व्यवस्थित र नियमित बनाउने सम्बन्धमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।
बैंठकका मुख्य एजेन्डाहरुमा नेपाल–बंगलादेशबीच ऊर्जा व्यापार, भारत–बंगलादेशबीचको जलमार्गमा नेपालाई जोड्ने, विराटनगरबाट बंगलादेशमा क्षेत्रीय हवाई उडान, अध्ययनका लागि बंगलादेशमा रहेका नेपाली विद्यार्थीका समस्या समाधान सम्बन्धमा र नेपालको धागो बंगलादेश निकासीसम्बन्धि बिषयमा मुख्य छलफल हुनेछ ।
बैठकमा नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा परराष्ट्र, अर्थ र कानून मन्त्रालय तथा भन्सार विभागलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।बैठक मङ्गलबारसम्म चल्नेछ ।
नेपाल र बंगलादेशबीच विसं २०३२ मा व्यापार तथा भुक्तानी र पारबाहन सम्झौता भएको थियो । सम्झौता पश्चात दुई देशबीचमा औपचारिक व्यापार हुँदै आएको छ ।
ने
FACEBOOK COMMENTS