हेमन्त चौरासिया
क्यान अध्यक्ष
क्यान इन्फोटेक २०१९ विश्वमा विकास भएका नयाँ नयाँ प्रविधीको प्रदर्शनी हो । नेपाल सरकारलाई सूचना प्रविधीविना समृद्धी सम्भव छैन भन्नको लागि पनि यसलाई बृहत बनाउन आवश्यक छ ।
पहिलाको भन्दा यो पटकको क्यान इन्फोटेक फरक हुनेछ । कृषी , पर्यटन, मेडिकल लगाएत थुप्रै क्षेत्रका नयाँ प्रविधीको प्रदशनी हुन्छ । नेपाल सरकरको डिजिटल नेपाल बनाउने योजनालाई हामी पनि कसरी साथ दिन सक्छौ भन्ने मुख्य उदेश्य राखेका छौ । त्यसैले मेलाको टिकट सिस्टम पनि अनलाईन प्रणालीबाट किन्न सक्ने व्यवस्था गरेका छौ । यसको म्यासेज के हो भने हरेक काम अनलाइनबाट पनि गनै सक्छौ भन्ने हो । यो पटकको प्रदर्शनी सर्भिस ओरिइन्टेड हो ।
डिजिटल नेपाल बनाउनको लागि प्रदर्शनीमा राखीएका स्टलहरुले प्रविधीको प्रयोगको बारेमा केही त पक्कै बताउँछन् । सर्वसाधरण जसले मेलामा सहभागिता जनाउँछ, उसलाई केही न केही नयाँ कुरा त थाहा पाउँछ । तर डिजिटल लिट्रेसी विना डिजिटल नेपाल बनाउन सकिँदैन । नेपाल सरकारले सातै प्रदेशमा यो सम्बन्धी कर्यक्रम ल्याउनै पर्छ । त्यसले बजारमा आएको नयाँ प्रविधी कसरी प्रयोग गर्ने विषयमा जानकारी दिन्छ ।
स्मार्ट टेक्नोलोजीको जमाना आएको छ यसमा व्यवसायी वा क्यान महासंघले मात्र प्रविधीको बारेमा साक्षरता बनाउन सक्दैन । सरकारको मुख्य भुमिकामा हामी सघाउन तयार छौं ।
सर्वसाधरणको सहजताको लागि क्यान इन्फोटेक ७ अटै प्रदेशमा पुर्याउनको प्रयास गरेका छौ । त्यसको लागि मोरङ, विरगज, चितवन , बुटवल, सुर्खेतमा क्यान इन्फोटेकको अयोजना हुँदैछ ।
FACEBOOK COMMENTS