काठमाडौं – नेपाल बीमक संघमा नयाँ कार्यसमिती चयन भएकाे छ ।
बिहीबार सम्पन्न विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएका छन् भने जीवन बीमा कम्पनीहरु अर्कोतिर संगठित हुन छलफलमा जुटेका छन् ।
नयाँ कार्यसमितिमा निर्जीवन बीमा कम्पनीका सीईओहरु मात्र चुनिएका छन् ।
संघको उपाध्यक्षमा नुरप्रताप प्रधान चयन भएका छन् । उनी लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री संघको महासचिवमा चुनिएका छन् ।
कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतम, प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य, अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी कुमार बहादुर खत्री र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवोधलाल श्रेष्ठ चयन भएका छन् ।
FACEBOOK COMMENTS