काठमाडौं, माघ ७- नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाउन शुरु गरेको जनाएको छ । बैंकले हालसम्म शेयरधनीहरुको खातामा ६७ करोड ६४ लाख १२ हजार ३७८ रुपैयाँ पठाई सकेको जानकारी दिएको छ ।
बैकले २५ करोड ४ लाख ५८ हजार ३३६ रुपैयाँ शेयरधनीहरुको खातामा जम्मा गर्ने प्रकृयामा रहेको जनाएको छ । बैंकले शेयरधनीहरुको ४ हजार ५४६ वटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ प्लेजमा रहेकाले खातामा नगद लाभांश पठाउन नसकिएको बताएको छ । बैंकले डिम्याट गर्न बाँकी शेयरधनीहरुलाई खाता डिम्याट गर्न अनुरोध समेत गरेको छ ।
बैंकले सिभिल क्यापिटलबाट सम्पूर्ण हस्तान्तरण योग्य तथा नन प्लिडज सेयरहोल्डरहरुको विवरण प्राप्त भैसकेको हुँदा बाँकी रहेको नगद लाभांश बितरण नेपाल क्लियरिङ्ग हाउस लि।९एनसीएचएल० संगको सहकार्यमा छिट्टै गरिने बताएको छ ।
FACEBOOK COMMENTS