काठमाडौं, पुस १५ – नेपाल बैंकर्स संघ र नेपाल उद्योग परिसंघबीच निजी लगानी प्रर्वद्धनमार्फत आर्थिक विकासमा सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्ताक्षर गरे ।
हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहेको बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।
समझादारी अनुसार दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने सहमती भएको छ । यस्तै वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमासाझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने सम्झौता भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर समारोहमा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिती थियो ।
FACEBOOK COMMENTS