काठमाडौं, चैत १४- नेपाल बैंक लिमिटेडले लकडाउनको समयमा एक स्थानिय तहमा बैंकको एक शाखा मात्र खुला रहने जनाएको छ । बैंकले एटिएमहरु भने खुल्ला रहने जनाएको छ ।
बैंकले धेरै शाखा भएको तर एटिएम बुथ एउटामात्र भएको स्थानिय निकायमा पनि शाखा बन्द गरी एटिएम भने खुल्ला राख्ने जनाएको छ । बैंकले कार्यालयमै गएर गर्नु पर्ने कामका लागि बैंक ११ बजेदेखि १ बजे सम्म खुल्ने जनाएको छ ।
बैंकले नेपाल सरकारद्धारा तोकिएका अत्यावश्य सामग्रीको खरिद गर्न एल.सी र चेक क्लियरिङ सुविधा संचालनमा रहने जनाएको छ ।
FACEBOOK COMMENTS