काठमाडौं, चैत १९ – नेपाल बैंक लिमिटेडले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारलाई ५/५ लाख आर्थिक सहयोग दिने भएको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन यस बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि १ करोड रकम आर्थिक सहयोग प्रदान गरिएको ।
साथै, कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारबाट भएका काम कारबाहीमा सहयोग पु¥याउनुपर्ने दायित्व बोध गरी ७ वटै प्रदेश सरकारलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व स्वरुपप्रदेश सरकारले स्थापना गरेकाकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित कोषमा जम्मा हुने गरी ५र५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।
यसरी कोरोना भाइरस संक्रमण रोकथाममा यस बैंकको तर्फबाट कूल १ करोड ३५ लाख योगदान पुग्न गएको छ ।
FACEBOOK COMMENTS