काठमाडौं,माघ १४- नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको पुस मसान्तमा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफा साढे १८ प्रतिशतले घटेको हो ।
बैंकको कर्जा विस्तारमा सामान्य सुधार भएको छ भने कष्ट अफ फण्ड १.६१ प्रतिशत विन्दुले बढेको छ भने बैंकको निष्क्रिय कर्जा २.७४ प्रतिशतबाट घटेर २.६६ प्रतिशतमा सीमित भएको देखिन्छ । ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब ५९ लाख ८२ हजार रुपैयाँ र शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको निक्षेप संकलन घटेसँगै ब्याज आम्दानी पनि १३.३२ प्रतिशतले घटेको छ ।
गत आवको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४२ करोड २१ लाख रुपैयाँले घटेर २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ । बैंकको वितरण योग्य नाफा भने ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा रहेको छ । १५ प्रतिशत बोनस शेयर पूँजीकरण पछि प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९७ पैसा कायम हुनेछ ।
FACEBOOK COMMENTS