काठमाण्डौँ – नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाउँदै छ ।
१९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो ।
गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
अहिले १५ लाख नागरिकलाई नियमित सेवा दिइरहेको नेपाल बैंकका १ सय ४६ वटा शाखा र ८१ वटा एटीएम रहेको बैंकले जनाएको छ ।
सरकारको ५१ र सर्वसाधरणको ४९ प्रतिशत शेयर रहेको बैकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ ।
FACEBOOK COMMENTS