काठमाडौँ । नेपाल बैंक र ओम अध्याय रिट्रिट बिच सम्झौता भएको छ ।
सम्झौता पत्रमा हिजो बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिटको तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका छन ।
बैंकमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पछि नेपाल बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS