काठमाडौं, चैत ५ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालभारतका नाका भएर चल्ने यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको सीसीएमसीकास बैंठकले कोरोना महामारीको प्रकोपमा नेपाल भारत सिमाबाट यातायातको खुला गर्ने सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्ले यातायात सञ्चालनको अनुमति दिएमा नेपाल–भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालन हुनेछन् । बिहीबार बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल–भारत सिमानामा भन्सार तिरेर सञ्चालन हुने यातायात समेत चलाउन दिने सिफारिस गरिएका सीसीएमसीले जनाएको छ । सीसीएमसीले नेपाल भारत सिमा भएर सञ्चालन हुने यातायातमा यात्रा गर्ने यात्रुका लागि कोभिड १९ प्रोटोकल पालना गर्न पर्ने छ सीसीएमसीका सचिव खगराज बरालले बताए । स्वास्थ्य मापदण्डमा ७२ घण्टाअगाडिको पीसीआर रिपोर्टमा नेगेटिभ आएको हुनुपर्ने व्यवस्था रहेको उनले बताए ।
FACEBOOK COMMENTS