काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल–भारत सिमापार क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुवै देश मिलेर लाग्नुपर्ने बताएकी छन् ।
प्रदेश नम्बर १ मा नेपाल–भारत सिमापार संगोष्ठीमा यस क्षेत्रमा चुनौती र सम्भावना विषयमा अध्यक्ष राणाले दुई देशबीच व्यवसायिक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्न लाग्नुपर्ने बताइन् ।
कृषि, पर्यटन, जलविद्युत्का क्षेत्रमा प्रदेश नम्बर १ धनी रहेको भन्दै उनले नेपाल भारतका लगानीकर्ताले संयुक्तरुपमा लगानी गर्नसके आर्थिक उन्नतिमा टेवा पुग्ने बताइन् ।
देशको कुल ग्रार्हस्थ उत्पादनमा प्रदेश नम्बर १ ले १७.५ प्रतिशत योगदान गर्ने उक्त अवसरमा जानकारी दिइएको थियो ।
जसमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान उल्लेख्यमात्रमा रहेको छ ।
FACEBOOK COMMENTS