लखनउ – उत्तर प्रदेशकामुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाइ कम गर्न आफ्नो सरकारले काम थालेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्षभवानी राणा नेतृत्वको प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री कार्यालय लखनउमा भेटगर्दै उत्तर प्रदेश र नेपालबीचका सीमानाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यानदिएको उनले बताए ।
“भैरहवा, नेपालगञ्ज देखि पश्चिमगौरीफन्टासम्म म आफै पुगेर त्यहाँभइरहेको विकास तथाव्यपार सहजीकरणको काम अनुगमन गर्नेछु । नेपाल भारतबीच हालसम्मको साँस्कृतिकतथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमाविकास तथाविस्तार गर्नु आवश्यक छ,” नेपाली प्रतिनिधिमण्डले राखेका समस्याको जवाफदिंदै मुख्यमन्त्री योगीले भने ।
भारतबाट नेपालप्रवेश गर्ने मालवाहक गाडी १० मिनेट भन्दा बढी रोकिननहुने उनको भनाइथियो । साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतीमापनिउत्तर प्रदेश सरकारले तत्कालै कामथाल्ने बताए ।
नेपालको पर्यटन विकासमाभारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउँदै योगीले नेपालगञ्ज—कैलाशतीर्थ यात्राको विकासकालागिआवश्यक सहयोग गर्ने वचनदिए । “नेपालगञ्ज—कैलाशमार्ग बलियो बनाउनुस् । आवश्यक सहयोग गर्न हामीतयार छौं,”उनले भने । त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पु¥याउनकालागिआवश्यकप्रवर्दन गर्ने वचनदिंदै योगीले आगामीसिजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्ता समेत स्वीकार गरे ।
नेपाल र भारतवीचको व्यावसायिक सम्बन्धलाई अझउचाइमा पु¥याउन प्रतिनिधिमण्डलको आदानप्रदानलाई अझ घनीभूतरुपमा अगाडि बढाउनु आवश्यक रहेको उनले बताए ।
एफएनसीसीआई अध्यक्ष राणाले दुई मुुलुकबीचकाभन्सार तथा सडकको विकासमाउत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागतगर्दै नेपालकाधार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमाउसको साथखोजेको बताइन् । “नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजीकबाट जोडिएको छ । त्यसैले दुई मुलुकवीचमाव्यापार मात्रनभइ पर्यटनका क्षेत्रमापनि सहयोग आदानप्रदानहुनआवश्यक छ । खासगरी नेपालको मध्यतथा सुदूर पश्चिम क्षेत्र विकासमा पछि परेको हुँदात्यहाँको विकासमाहामीउत्तर प्रदेश सरकारको सहयोग अपेक्षा गरेका छौं,” उनले भनिन् ।
नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र नेपालमा लगानी गर्न पनि राणाले आह्वान गरिन् । दुई मुलुकवीच पर्याप्त मात्रामा प्रशारण लाइन, क्षेत्रीयपूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा उनको जोड थियो ।
FACEBOOK COMMENTS