काठमाण्डौँ — नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठुला पुर्वाधार तथा योजनाहरुको कामलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले जोड दिएका छन् ।
सरकारका मन्त्री, कुटनितिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नु पर्ने औंल्याएका हुन् ।
पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट् मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।
ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औं वर्षको १ सय ३४ औं संस्करणको बिमोचन पनि गरिएको छ ।
कार्यक्रममा नेपालका लागि बंगलादेश, अष्ट्रेलिया, इजरायल लगायत मुलुकका राजदुतहरुको सहभागिता रहेको थियो ।
साथै कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तराष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिता थियो ।
FACEBOOK COMMENTS