काठमाडौं,कार्तिक १७ – सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।
कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ । तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।
यसअघि काउन्सिलको अध्यक्षमा डा। धर्मकान्त बास्कोटा थिए। गत जेठमा उनको कार्यकाल सकिएपछि अध्यक्षको पद रिक्त्त भएको थियो।
FACEBOOK COMMENTS