काठमाण्डौं — तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ आयोजना हुने भएको छ।
आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटी मण्डपमा आयोजना हुने हो ।
नेपाल मेडिकल एसोसिएसन, एसोसिएसन अफ इन्डियन मेडिकल डिभाइस इन्डष्ट्री, इइपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएसन, नेपाल एसोसिएसन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाइटेक इन्डष्ट्री एसोसिएसन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो।
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको आयोजक पक्षले जानकारी दिए।
यो प्रदर्शनीमा २०० भन्दा बढी कम्पनी र ५०० भन्दा बढी ब्राण्डको उपस्थिति हुनेछ ।
यसमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, नीति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकको सहभागिता रहनेछ।
FACEBOOK COMMENTS