काठमाडौं, माघ २० – नेपाल यातायातमा मुक्तिनाथ बैंकका ग्राहकले क्युआर काेड मार्फत भाडा तिर्न सक्ने भएका छन् । बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्युआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको हाे ।
बैंकले काठमाडाैं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेससँग बैंकले सम्झाैता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य मंगलबारबाट सुचारु गरेकाे हाे ।
उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग , बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहक वर्गहरुको उपस्थिती रहेको थियो ।
यस सेवाकाे सुरुवातले यातायात क्षेत्रमा खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्के अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेका छ । यस्तै मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था बैंकले गरेकाे छ ।
FACEBOOK COMMENTS